चितवन: जिल्लामा कोरोना संक्रमणबाट आजमात्रै तीन जनाको मृत्यु भएको छ । पछिल्लो पटक आज दिउँसो भरतपुर अस्पतालमा उपचाररत एक युवाको मृत्यु भएको हो ।

गोरखा नगरपालिका वडा नम्बर १३ का ३८ वर्षिय युवाको उपचारका क्रममा आज दिउँसो २ः३० वजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । अस्पतालको कोभिड १९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलका अनुसार भदौ ६ गते रुघा, खोकी र ज्वरो आएर उपचारका लागि भरतपुर अस्पताल आएका उनीमा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै आज विहान १० वजे पुष्पाञ्जली हस्पिटलमा भरतपुरका ५१ बर्षिय पुरुष र विहान ६ः५० वजे चितवन मेडिकल कलेजमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ की ७१ बर्षिया महिलाको कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको थियो ।
यस संगै जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ । एक वृद्धाको घरमानै मृत्यु भएको थियो । जिल्ला भित्रका कोरोनाका कारण चार जनाको मृत्यु भएको छ भने एक जना कैलाली, एक जना गोरखाका र तीन जना मकवानपुरका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !