चितवनः कोरोना संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ । यो संगै आज मात्रै जिल्लामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।
पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर २ का ५१ बर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै आज विहानै चितवन मेडिकल कलेजमा उपचाररत हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ कि ७१ बर्षिया महिलाको मृत्यु भएको थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरका पुरुष गत भदौ ५ गते श्वासप्रश्वासमा समस्या भई पुष्पाञ्जली हस्पिटल भर्ना भएका थिए । उनलाई भदौ ८ गते कोरोना संक्रमण देखिएको थियो । उनको आज बिहान १० वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालको कोभिड १९ फोकल पर्सन फिजिसन डा. सन्दिप पाण्डेका अनुसार उनको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । दुबै फोक्सोमा गम्भिर निमोनिया देखिएर भेन्टिलेटरमा राखि उनको उपचार भईरहेको थियो । सोही अस्पतालमा उपचाररत अर्का एक जना संक्रमितको अबस्था भने सामान्य रहेको छ ।
यस संगै जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ७ पुगेको छ । एक वृद्धाको घरमानै मृत्यु भएको थियो । जिल्ला भित्रका कोरोनाका कारण चार जनाको मृत्यु भएको छ भने अन्य एक जना कैलाली र तीन जना मकवानपुरका रहेका छन् ।