
चितवनः भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ कि ७७ वर्षिया महिलाको उपचारका क्रममा आज विहान ६ वजे मृत्यु भएको हो ।
स्वाशप्रश्वास सम्बन्धि समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलामा ९ गते संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।
यस संगै चितवनका बिभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ । एक वृद्धाको घरमानै मृत्यु भएको थियो । जिल्ला भित्र कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ भने अन्य एक जना कैलाली र तीन जना मकवानपुरका रहेका छन् ।