चितवनः जिल्लाका १६ जना सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाका अनुसार चितवनको भरतपुर महानगरपालिका, रत्ननगर र खैरहनी नगरपालिकाका १६ जनामा कोरोना पुष्टि भएको छ भने गैंडाकोका एक जनामा कोरोनाको संक्रमण देखिएको छ ।
प्रयोगशाला प्रमुख नीतु अधिकारीका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ४, १०, र १२ का २३, ४० वर्षिय पुरुष र २७ वर्षिय महिलामा कोरोना देखिएको छ । यस्तै रत्ननगर नगरपालिका वडा नम्बर ८ का ७९ वर्षिय पुरुष र खैरहनी नगरपालिकाका वडा नम्बर ३,५,८,९ र १२ का ६ वर्ष देखि ७५ वर्ष सम्मका रहेका छन् । ३८,३९,४९,५५ र ७५ वर्षिय पुष हुन भने ६,१०,२९,२१,३६,१९,१९ वर्षिय महिला रहेका छन् । यस्तै गैंडाकोट नगरपालिका वडा नम्बर ८ का २९ वर्षिय पुरुष रहेका छन् ।
भरतपुरमा संक्रमण पुष्टि हुनेमा नारायणी सामुदायीक अस्पताल र भरतपुर अस्पतालबाट नमुना परिक्षण गरेका हुन भने रत्ननगर र खैरहनीको क्वारेनटिनका हुन । गैंडाकोटका पुरुष पुरानो मेडिकल कलेजका हुन ।







