चितवनः दैनिक वढ्दै गएको कोरोना संक्रमणामा जिल्लाका अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी वढि प्रभाबित भएका छन् ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बुधबार राती सम्म आएको संक्रमितको तथ्याङ्कमा १८ प्रतिशत अस्पतालकै स्वास्थ्यकर्मी रहेका छन् । जिल्लामा कुल संक्रमित संख्या ४ सय ७१ जना मध्ये ८५ जना स्वास्थ्यकर्मी हुन । उनीहरु जिल्लाका बिभिन्न अस्पतालमा कार्यरत छन् ।
जसमध्ये सबैभन्दा वढि वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका २६ जना, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजका १६÷१६ जना छन् । भरतपुर अस्पतालका १५ जना, नारायणी सामुदायीक अस्पतालका ३ जना, स्थानीय क्लिनिकहरुका ३ जना, सेन्ट्रल अस्पतालका २ जना रहेका छन् । त्यस्तै रत्ननगर बकुलहर अस्पताल, मौलाकालिका अस्पताल, मनकामना अस्पतल र वाहिरी जिल्लाका सरकारी अस्पतालमा काम गर्ने १÷१ जना स्वास्थ्यकर्मी रहेको पौडेलले जानकारी दिनुभयो ।
हालसम्मको तथ्याङ्क अनुसार जिल्लामा सबै भन्दा वढि संक्रमित भरतपुर महनगरका २ सय ८४ जना, माडीका ५० जना, रत्ननगरका ३८ जन, राप्तीका ७५ जना, खैरहनीका १७, कालिका नगरपालिकाका ५ जना र इच्छाकामना गाउँपालिकाक २ जन रहेका छन् ।
संक्रमित स्वास्थ्यकर्मी र अरु बिरामीहरु सरकारी अस्पताल, दुई मेडिकल कलेजका अइसोलेसन र घरमै रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी बिरामीहरुबाट अस्पतालमा संक्रमण आएको र स्वास्थ्यकर्मीहरुमा फैलिएको बताउनुहुन्छ । विरामीहरुमा संक्रमण नहोला भन्ने अनुमान गर्दै स्वास्थ्यकर्मीले सुरक्ष कवज प्रयोग नगर्दा पनि संक्रमणा फैलिएको उहाँको अनुमान छ ।






