
चितवनः पूर्बी चितवनको कालिका नगरपािलकाबाट १० थान (१५ क्यूफिट) सालका गेलाई सहित ९ वटा साईकल बरमत भएको छ । ईलाका प्रहरी कर्यालय टाँडीका अनुसार कालिका नगरपालिका वडा नम्बर ३ जुटपानीमा साईकलमा राखेर ल्याउँदै गरेको अबस्थामा काठका गोलाई बरामत गरिएको हो ।
कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक रबिन कार्कीका अनुसार आज विहान ३ वजेको समयम काठ वरामत गरिएको हो । बरामत गरिएका काठहरु ल्याउने मानिस फरार रहेको र खोजि कर्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।
बरामत काठ र साईकलका बिषयमा अनुसन्धान भईरहेको छ । बरामत गरिएका सामान वन कार्यालयलाई बुझाईने उहाँले बताउनुभयो ।