चितवनः जिल्लाका बिभिन्न स्थास्थानीय तहमा गरि ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला प्रमुख नीतु अधिकारीका अनुसार पछिल्लो पटक देखिएका २६ मध्ये २५ जना चितवनका रहेका छन्।
आज विहान पुष्टि भएका ४० सहित एकै दिनमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक आएको नतिजा अनुसार १५९ जनाको परिक्षणका क्रममा २६ जनामात्र कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू मध्ये १ जना तनहुँको देवघाटका रहेका छन् ।
अन्य चितवनको माडीका ९ जना, रत्ननगरका १४ जना र भरतपुरका २ जना रहेका छन्।