चितवनः वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालले आउँदा साताबाट कोभिड १९ (कोरोना भाईरस)को परिक्षण सुरु गर्ने भएको छ । स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालले प्रयोगशाला सञ्चालन गर्न लागेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमका अनुसार भईरहेको प्रयोगशालामा रु २५ लाखको उपकरण थप गरि प्रयोगशाला तयार गरिएको हो । गौतमका अनुसार प्रयोगशालाको सम्पूर्ण काम सम्पन्न भई सकेको छ । उहाँले भन्नुभयो “क्रश चेकिङ्गको काम भईरहेको छ । अब हामी परिक्षण गर्न सक्छौ ।”
अस्पतालले स्वास्थ्य तथा तजनसंख्या मन्त्रालयलाई प्रयोगशालाको निरिक्षण गरि अनुमती दिन अनुरोध गरी सकेको छ । गौतमका अनुसार मंगलबारबाट प्रयोगशाला संञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि सबै काम सम्पन्न भई नसकेकाले आगामी हप्ताबाट परिक्षण सुरु हुने भएको हो ।
संक्रमण बढ्दै गएका कारण पिसिआर परीक्षण बिना बिरामीलाई जाँच्न नसक्ने अवस्थामा अस्पताल पुगे पछि आफ्नै प्रयोगशालालाई पिसिआर परिक्षण गर्ने गरि व्यवस्थित गरिएको हो ।
आफ्नो प्रयोगशाला नहुँदा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ढिलाई भइरहेको भन्दै गौतमले भन्नुभयो “धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा हामीले समयमै रिपोर्ट पाउन सकेनौं, सेवा नै बन्द गर्नुपर्ने अवस्था आयो ।” गौतमका अनुसार प्रयोगशालामा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र स्थानीयको परिक्षण प्रथामिकतामा राखिने छ । शुल्क के कति लिने भन्ने विषयको टुङ्गो मन्त्रालयको परामर्शमा संञ्चालक समितिले गर्ने उहाँले जानकारी दिनुभयो ।
प्रयोगशालाले एक सिफ्टमा ९६ जनाको नतिजा निकाल्न सक्छ । हाल भरतपुर अस्पतालले संञ्चालन गरेको प्रयोगशाला त्यतिनै क्षमताको हो । क्यान्सर अस्पतालमा प्रयोगशाला संञ्चालन गर्न सक्ने पाँच जना जनशक्ति पनि रहेका छन् । अस्पतालमा दैनिक ५ सय भन्दा वढि विरामी उपचारका लागि आउने गर्दछन् । नेपाल भरी र भारतबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्नछन् ।
हाल जिल्लामा भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको प्रयोगशाला संञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !