चितवनः भरतपुर अस्पतालको आईसोलेसनबाट मंगलबार बिहान भागेका १९ वर्षिय युवा नुवाकोटमा समातिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सूर्य वहादुर थापाका अनुसार उनलाई आज बिहान १०ः३० वजे नुवाकोटको वेलकोटगढि वडा नम्बर ५ मा पक्राउ गरिएको हो ।
उनलाई प्रहरीले चेकजाँचका क्रममा फेला पारेको उहाँले जानकारी दिनुभयो । नुवाकोट स्थायी घर भई भरतपुर महानगरपालिका वडा नम्बर १२ भाडामा बस्दै आएका ती युवालाई नुवाकोटमै आईसोलेसनमा राखिएको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले चोरी मुद्धामा पक्राउ गरेको थियो । थुनामा रहेको समयमा उनलाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस लगत्तै परिवारको जिम्मा लगाएर भरतपुर अस्पतालको आईसोलेसनमा राखिएकोमा उनी त्यहाँबाट भागेका हुन् ।

प्रतिक्रिया दिनुहोस !