
काठमाडौंः नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको क्रम दैनिक रुपमा वढ्दो क्रममा रहेको छ । आज संक्रमणका कारण सात जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको हो ।
नोभेल कोरोना भाइरसको संक्रमणबाट काठमाडौंका तीन जनासहित थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष र २२ वर्षीय पुरुष सिराहका, ६८ वर्षीया पर्सा, ७६ वर्षीय पुरुष धनुषाका र ५३ वर्षीय पुरुष रुपन्देहीका छन् ।