बिराटनगरः विश्व कोरोना भाइरसका कारण आक्रान्त बनिरहेको समयमा अहिले विश्वका करौडौं विद्यार्थी घर भित्रै बस्न बाध्य छन्। विश्वका धेरै मुलुकमा शैक्षिक गतिविधि ठप्प रहेको छ। नेपालले पनि त्यस्को प्रत्यक्ष असर भोगिरहेको छ। करिब ६ महिना देखि नेपालमा शैक्षिक गतिबिधि हुन सकेको छैन । ६ महिना बितिसक्दा पनि विश्वविद्यालयले परिक्षा सम्बन्धि कुनै पनि निर्णय लिन नसक्दा विद्यार्थीको भविष्य थप अन्योलतामा परेको छ ।
विश्वविद्यालयलाई झक्झकाउन सामाजिक सञ्जाल मार्फत पुर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी एक भइ भ्वाइस अफ पियु नामक सामाजिक सञ्जालमा निर्मित ग्रुपबाट आन्दोलन सुरु गरेका छन् । नेपाल भरिका विद्यार्थीले एक्यबद्धता जनाउदै उक्त ग्रुप मार्फत विश्वविद्यालयलाई झक्झकाउन विद्यार्थी लागि परेका हुन्।
आज साङ्केतिक विरोध जनाउँदै उक्त ग्रुपले विश्वविद्यालयको मनोवल घटाउन नभएर परिक्षाको विषयमा चाँडो भन्दा चाडो निर्णय लिन दवाव दिन सामाजिक सञ्जाल मार्फत विभिन्न प्लेकार्ड बोकेर भिडियो सार्वजनिक गरेको छ।
विद्यार्थीहरुले म कसरी सक्षम बन्ने मेरो विद्यालय नै असक्षम भएपछि, कुम्भकर्ण पनि समय आएपछि निन्द्राबाट जागेका थिए, पूर्वाञ्चल विश्वविद्यालयको बिउझिने समय कहिले आउने हो, विश्वविद्यालय तिम्रो पाराले दुख पायौ साराले, कति सुत्ने पियू बाहिर घाम लागि सक्यो, पियूमा भविष्य देखेर आएको मलाई पियूले वर्तमानमा मात्रै मअड्काइ राखोस् जस्ता प्ले कार्ड बोकेको भिडियो सार्वजनिक गरि विश्वविद्यालयलाई दवाव दिएका हुन ।







