
काठमाडौंः कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२१ का सभापति गोविन्द रञ्जितको मृत्यु भएको छ ।
२९ साउनमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ३१ गते सशस्त्र प्रहरी अस्पतालको आईसीयूमा उपचार भइरहेकोमा अवस्था जटिल बन्दै गएपछि ३२ साउनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
वसन्तपुर घर भएका उनको केही बेरअघि मृत्यु भएको सशस्त्र प्रहरी अस्पतालले जनाएको छ ।