चितवनः चितवनका १५ सहित १७ जनामा कोरोना पुष्टि भएको छ । चितवनको भरतपुर महानगरपालिकाका ९ जना, राप्ती नगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका २जना रहेका छन्।

यस्तौ मकवानपुरका र नवलपुरका १/१ जना रहेका छन्। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला प्रमुख नीतु अधिकारीका अनुसार ४०५ जनाको परिक्षणका क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये १२जना महिला रहेका छन्।

प्रतिक्रिया दिनुहोस !