चितवनः कोरोना संक्रमणको आशंकामा स्वाब परिक्षण गर्न दिएकाहरुलाई प्रहरीले फोन गरेर उच्च साबधानीका साथ घर बस्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङ्का अनुसार तीन जना प्रहरीले स्वाब दिएकाहरुलाई टेलिफोन गरि उच्च साबधानी अपनाउन अनुरोध गरेको जानकारी दिनुभयो ।
स्वाब परिक्षण गर्न दिने र जथाभाबि हिडडुल गर्दा कन्ट्याक ट्रेसिङ्मा अफ्ठ्यारो परेको र संक्रमण फैलिएको भन्दै जनचेतनाका लागि प्रहरीले अभियान गरेको गुरुङ्ले बताउनुभयो । उहाँले भन्नुभयो “हामीलाई रिपोट आएर फोन गरेका हैनौं । स्वाब परिक्षण गर्न दिएका सबैलाई जनचेतनाका लागि टेलिफोन गरेका हौ ।” फोन गए पछि आँफुलाई संक्रमण भएको होकी भन्ने आशंका स्वाब दिएकाहरुले लिएको भए पनि नतिजा नआँउदै टेलिफोन गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा पछिल्लो समय संक्रमण उच्च दरमा फैलिएको छ । प्रशासनले संक्रमण फैलन रोक्न भन्दै निषेधाज्ञा जारी गरेको छ ।