काठमाडौंः नोभेल कोरोना भाइरसका संक्रमित ७४३ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४३ संक्रमित थपिएका हुन् ।
जसमा २४६ महिला र ४९७ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १७५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १८ हजार ८०६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ ।