
चितवनः कृषि तथा वन बिज्ञान बिश्वविद्यालय रामपुर पदाधिकारी विहिन हुँदा विश्वविद्यालय सभा अन्यौलमा परेको छ । गत आर्थिक वर्षको खर्च अनुमोदन र आउँदो वर्षको वजेट स्विकृत सभाबाट गर्नु पर्दछ ।
विश्वबिद्यालय उपकुलपति विहिन भएको एक वर्ष पुरा भई सकेको छ भने रजिष्टार, सेवा आयोगका अध्यक्ष, डिन र निर्देशक रिक्त छन् । रजिष्टार र सेवा आयोगका अध्यक्ष वाहेकका पद कायम मुकायमका भरमा चलेको छ । गत वर्षको भदौ ७ गतेबाट उपकुलपति नियुक्त नभए सम्मका लागि दैनिक कामकाजको जिम्मेवारी पाउनु भएकी डा. शारदा थपलियका अनुसार सभाको सदस्य सचिब रजिष्टार नै नभएका कारण विश्वविद्यालय सभा हुन नसकेको हो ।
विश्वविद्यालय स्थापना यता ढिलोमा भदौ पहिलो साता भित्रमा क्याम्पस सभा हँुदै आएकोमा यस वर्ष भने अन्यौलमा परेको उहाँले बताउनुभयो । सभा नहुँदा पुँजीगत खर्चका काम रोकीने भएको छ । तलब भने पेस्कि वजेट दिएर खुवाउन सकीने उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा विश्वविद्यालयलाई रु ६९ करोड बजेट निकाशा भएको थियो । जस मध्ये रु ५० करोड हाराहारी संञ्चालन खर्च हुने थपलियाको भनाई छ ।
विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि भौतिक संरचना समेत निर्माण गर्नु पर्ने भएकाले रु तीन अर्ब माग गरेको थपलिया वताउनुहुन्छ । पूर्ण जिम्मेवारी सहित आँफुले काम गर्न नपाएको र अन्य पदाधिकारी रिक्त रहेकाले विश्वविद्यालयका महत्वपूर्ण कामहरु रोकीएको उहाँले बताउनु भयो ।
रजिष्टार गएको माघ १२ गतेबाट र दुईवटा संकायका डिन जेठ १ गतेबाट खाली छ । सेवा आयोजको अध्यक्ष यही साउन ५ गतेबाट रिक्त भएको छ । निर्देशकहरु मध्ये एक जना खालि छ । बाँकी रहेका वन संकायका डिन र निर्देशकहरुको कार्यकाल यही पुषमा सकिदैं छ ।
उपकुलपति नियुक्ती भएमा चार वर्ष कार्ययोजना वनाएर काम गर्न सक्ने भए पनि त्यसो हुन नसकेको थपलियाले बताउनुभयो ।
विश्वविद्यालयले दिर्घकालिन महत्व राख्ने बिभिन्न काम गर्नु पर्ने भए पनि गत आर्थिक वर्ष यतिकै गुजारेको छ । चालु आर्थिक वर्ष पनि अन्यौलमा परेको छ । बिश्वबिद्यालयको दैनिक गतिविधि संञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन् । वि. सं. २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि वढाउन यस विद्यालय स्थापना गरेको हो ।