चितवनः जिल्लामा निषेधाज्ञा जारी भएको आज दश दिन पुगेको छ । निषेधाज्ञा जारी भए संगै यसको उलंघन गर्नेहरुलाई कारवाहि गर्न थालिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाका बिभिन्न स्थानमा निषेधाज्ञा अबज्ञा गरी सवारी चलाउने ३ हजार जनालाई कारवाहि गरीएको छ । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार प्रहरीले निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा निषेधाज्ञाको अबज्ञा गर्दै हिड्नेहरुलाई कारबाहि गरेको हो ।
उहाँका अनुसार कारवाहिमा पर्नेमा ५० प्रतिशत मोटरसाईकल रहेका छन् । बिभिन्न वाहनामा वजार निस्कन खोज्ने उनीहरुलाई कारवाहि गरिएको हो । कारवाहि स्वरुप रु १ सय देखि ५ सय सम्म जरिवाना गरिएको छ । यस्तै विहान वेलुकाको समयमा पैदल हिड्ने ३० प्रतिशत हाराहारी रहेका छन् । अटेर गर्नेहरुबाट प्रहरीले रु ६ लाख २८ हजार राजस्व समेत अशुल गरेको जनाएको छ ।
उहाँले भन्नुभयो “बिभिन्न वाहना वनाएर निषेधाज्ञाको अवज्ञा गर्न निस्कने, सवारी चालक, पैदल यात्री, साईकल यात्री सबैलाई कारवाही गरिएको छ ।” काम बिनानै निस्कनु रोगको जोखिम मोल्नुभएको भन्दै उहाँले निषेधाज्ञाको पालना सबैले गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यालयले जिल्लाका बिभिन्न स्थानमा आकस्मिक चेकजाँच, नियमित चेकजाँच गर्दै आएको छ । स्थानीय प्रशासनले कोरोना संक्रमण वढ्दै गए पछि साउन ३० गते मध्य रातबाट भरतपुर महानगरपालिका, साउन ३२ गते मध्यरातबाट माडी नगरपालिका वाहेकका स्थानीय तह र भदौ ५ गतेबाट जिल्ला भर निषेधाज्ञा जारी गरेको हो । दोस्रो चरणको निषेधाज्ञा जारी भईरहेको समयमा जिल्लामा कोरोना संक्रमितको संख्या पनि वढ्दै गएको छ । आज सम्म जिल्लामा ३ सय ६८ जनामा संक्रमण देखिएको छ । जसमध्य तीन जनाको मृत्यु भएको छ ।