रुकुमः रुकुम पश्चिमममा एक सरकारी कार्यालयका ९ जनासहित १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सरकारी कार्यालयका प्रमुखको सम्पर्कमा पुगेका ९ जना कर्मचारीका कोरोना संक्रमण देखिएको हो ।

२८ साउनमा नेपालगञ्जबाट रुकुम पश्चिम पुगेका कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

कार्यालयका ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा समेत समस्या देखिएको छ । कर्मचारीको सम्पर्ककमा पुगेका सेवाग्राहीसम्म पुग्नुपर्ने भएकाले कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको हो ।

रुकुम पश्चिममा सोमबार मात्रै १८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये १० जना सरकारी कर्मचारी, ३ जना सुरक्षाकर्मी, २ जना भारतबाट फर्किएका र अन्य ३ जना सानोभेरी गाउँपालिकाका स्थानीयबासी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !