चितवनः जिल्लामा थप २६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये २५ जना भरतपुर महानगरपालिकामा बसोबास गर्ने हुन् भने १ जना खैरहनी नगरपालिकाका हुन् ।

योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । आइतबार दिउँसोसम्ममा जिल्लामा ३ सय ४२ जना संक्रमित थिए । जिल्लामा कोरोना संक्रमणबाट अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ ।

सरकारी ल्याबमा निःशुल्क परीक्षणदेखि निजी अस्पतालमा पनि सशुल्क परीक्षण गरिन थालेपछि चितवनमा संक्रमितहरू पहिचान गर्न सजिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस !