चितवनः वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको प्रयोगशालाई व्यवस्थित गरि कोरोना परिक्षण थालिने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देवकुमार  गौतमले भन्नुभयो “हामी दुई तीन दिनमानै प्रयोगशाला संञ्चालनमा ल्याउने तयारीमा छौ ।” प्रयोगशालालाई आबश्यक पर्ने रिएजेन्टहरु आई नपुगेकाले प्रयोगशाला संञ्चालन गर्न ढिलाई भएको हो । अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रयोगशाला संञ्चालन गर्ने विषयमा जानकारी गराई सकेको छ । आबश्यक जनशक्ति अस्पतालमानै रहेका छन । हाल जिल्लामा सरकारी तर्फ भरतपुर अस्पतालले र निजी तर्फ चितवन मेडिकल कलेजले पिसिआर प्रयोगशाला संञ्चालन गर्दै आएका छन् ।
सरकारी प्रयोगशालामा नमुनाको चाप उच्च भएकाले नतिजा आउन एक साता सम्म कुर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस !