चितवनः बी. पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालबाट दिईने सबै सेवाहरु आजबाट सुचारु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको संक्रमण देखिए पछि साउन ३२ गतेबाट आकस्मिक बाहेकका सेवा वन्द गरेको थियो ।
अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नमुना परिक्षण गरि सकिएकाले स्वस्थ कर्मचारीहरुले आजबाट काम गर्ने बताउनुभयो । परिक्षणका क्रममा १७ जना नर्स र ४ जना सहयोगिलाई संक्रमण देखिएको उहाँले बताउनुभयो । अस्पतालका सबै क्षेत्र पूर्ण रुपमा निर्मलिकरण गरि सकिएको छ ।
अस्पतालका वहिरंग सेवाहरु नियमित गरिएको छ । यद्यपि अस्पतालमा आउनै पर्ने भए मात्र अस्पताल आउन अनुरोध गरेको छ । अस्पतालले बिशेषज्ञ चिकित्सकहरुको नाम र टेलिफोन नम्बर सार्बजनीक गरेकाले आफ्नो रोग संग सम्बन्धित बिशेषज्ञ चिकित्सकलाई सकेसम्म टेलिफोन गरेर मात्रै आउन भनिएको छ ।
अस्पतालमा दैनिक ५० भन्दा वढि एम्बुलेन्स देशका बिभिन्न क्षेत्रबाट आउने गर्दछन् । प्रदेश नम्बर २ को वढि संक्रमित क्षेत्रबाट ठूलो संख्यामा बिरामीहरु आउने गरेका छन् । जसका कारण अस्पताल कोरोना संक्रमणको उच्च जोखिममा रहेको गौतमले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !