धनुषाः धनुषामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा नगरपालिका– २, धरमपुर बस्ने १९ वर्षीय विजयकुमार यादव रहेका छन् । उनलाई पीडितले पहिचान गरी सनाखत गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलङन अन्यको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।
यही १ भदौको साँझ दिदीको घरबाट घर जाँदै गरेकी २० वर्षीया युवतीलाई धनुषाधाम नगरपालिका— २ स्थित धरमपुर सडकखण्डमा ४ जना युवक मिलेर सामूहिक बलात्कार गरेका थिए ।
दिदीको घर नौसय गाउँबाट दुई जना गाउँले दाजुसँगै साँझ करिब साढे ६ बजे घर जाँदै गरेकी ती युवतीलाई ४ जना युवाहरूले पिछा गर्दै दुवै दाजुलाई कुटपिट गरी धान खेतमा लगेर सामूहिक बलात्कार गरेको मिश्रले जानकारी दिनुभयो ।
यादवलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।