काठमााडैंः कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत ५४ वर्षीय पुरुष र काठमाडौंको ह्याम्स हस्पिटलमा उपचाररत ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

डायलाइसिस गर्न आइतबार अस्पताल पुगेका बुटवल– ११ घर भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।उनको उपचारमा २ चिकित्सकसहित ४ जना नर्स संलग्न रहेको बताइएको छ ।

यसैगरी, ह्याम्स हस्पिटलमा मृत्यु भएका पुरुष पत्थरीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !