चितवनः बी. पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालबाट दिईने सबै सेवाहरु भोलीबाट सुचारु भएका छन् । अस्पतालले आज एक सूचना जारी गर्दै स्वास्थ्य कर्मी र बिरामीमा कोरोनाको संक्रमण देखिए पछि साउन ३२ गतेबाट आकस्मिक बाहेकका सेवा वन्द गरिएकोमा भोलि देखि सुचारु गर्न लागिएको जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमले सूचना जारी गर्दै अस्पतालका कर्मचारीहरु कोरोना (कोभिड १९) बाट संक्रमित भएको र अस्पताल निर्मलिकरण गर्नु पर्ने भएकाले सेवा बन्द गरिएको मा अस्पताल निर्मलिकरण गरिएकाले अस्पतालका सबै सेवा संञ्चालनमा ल्याईएको जानकारी दिनुभयो ।

अस्पतालका सबै वहिरंग सेवाहरु नियमित गरिएको हो । दैनिक यस अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी आउने गर्दछन् । वि.सं. २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपाल भर र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउँछन् । बिभिन्न क्षेत्रबाट बिरामीहरु आउने भएकाले अस्पताल कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !