चितवनः चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण फैलन थाले पछि अस्पताल असुरक्षित वन्दै गएका छन् । जिल्लाका अस्पतालहरुमा ५० भन्दा वढि चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
अस्पतालहरुमा संक्रमण फैलदैजाँदा अबस्था जटिल वन्दै गएको छ । हाल सम्म जिल्लामा ३ सय ५२ जनामा संक्रमण देखिएको छ । ती मध्ये ५० भन्दा वढि चिकित्सक, स्वास्थ्यकर्मी छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्याङक हेर्दौ आउनुभएकी गिताञ्जली ढकालका अनुसार यसै जिल्लामा घर भै यहाँका अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी ४१ जना संक्रमित भएका छन् ।
जसमा सबैभन्दा वढि वि पि कोईराला मोमोरियल क्यान्सर अस्पतालका १७ जना, भरतपुर अस्पतालका १४ जना, चिवतन मेडिकल कलेजमा १ जना, पुरानो मेडिकल कलेजका ३ जना छन् । त्यसैगरी रत्ननगर बकुलहर अस्पताल रत्ननगरका १ जना, सेन्ट्रल अस्पतालका २ जना, मनकामना अस्पतालका १ जना, नारायणी सामुदायीक अस्पतालका २ जना र अन्य साना अस्पताल एबं मेडिकलका ३ जना छन् ।
ढकालका अनुसार यहाँका अस्पतालमा काम गर्ने वाहीरी जिल्लाका ८ जना भन्दा वढि स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दैनिक यो संख्या वढ्दो छ ।
जसका कारण जिल्लाका अस्पताल अन्य बिरामीका लागि असुरक्षित वन्दै गएका छन् । अन्य रोग लिएर अस्पताल आएकाहरु उपचारकै क्रममा कोरोनाको संक्रमण देखिएर मृत्यु समेत हुन थालेको छ ।
अस्पतालमै रोग फैलिएर वा उनीहरुले समुदायबाट रोग ल्याएका हुन भन्ने एकीन हुन सकेको छैन । जिल्लामा पछिल्लो दुई दिन यता मृत्यु पछि दुई जनाको कोरोना संक्रमण पुष्टि भएको छ । ती दुवै जना मकवानपुरबाट आएका हुन् । उनीहरु मध्ये एक जना महिलालाई एपेण्डीसाईड र अर्का वृद्ध पुरुषलाई हर्निया भएको थियो । दुबै जनाको मृत्यु भए पछि संक्रमण देखिएको हो । ती दुबै जनाको पुरानो मेडिकल कलेजमा उपचार गरिएको थियो । कलेजका निर्देशक डा. मनोहर प्रधानका अनुसार अहिले अस्पतालमा उपचाररत २ जनामा संक्रमण देखिएको छ ।
यस अघि सोही कलेजमा उपचार गराईरहेका दुई जनामा संक्रमण देखिएपछि भरतपुर अस्पताल पठाईएको थियो । एक जना मृतकको नतिजा आउन बाँकी छ । अस्पतालका दुई चिकित्सक पनि संक्रमित भएका छन् । यस संगै ३० जना डाक्टर सहीत ५० जना भन्दा वढी स्वास्थ्यमर्की आईसोलेसनमा रहेको उहाँको भनाई छ ।
सो अस्पतालमा भारत र सिमा क्षेत्रका बिरामी वढी आउँछन् । भारतीयको लगानी भएको यस मेडिकल कलेजमा भारतीय चिकित्सक, स्वास्थ्यकर्मी धेरै छन् । भाषा बुझ्ने भएकाले तराईका बिरामी धेरै यही आउँछन् ।
पछिल्लो समय अस्पतालको व्यवस्थापन राम्रो हुन नसक्दा पनि संक्रमण नियन्त्रणमा कठिन भएको उहाँले स्विकार गर्नुभयो । रोग अस्पतालमा फैलिएको आशंकामा बिरामी त्रसित भएका छन् । भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी समुदायबाटै रोग अस्पताल आएको अनुमान लगाउनु हुन्छ । यद्यपि अस्पतालहरुले उपचारमा बिशेष साबधानी पु¥याउनु पर्ने उहाँको भनाई छ ।
कोरोनाका बिरामी छुट्याएर चिकित्सक र स्वास्थ्यकर्मी आलोपालो गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार उपचार गर्नु पर्ने उहाँले बताउनुभयो । यसरी संक्रमण वढ्दै गएमा उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी नै नहुने चिन्ता उहाँले लिनुभयो ।
चितवन मेडिकल कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपाने कोरोना र अन्य बिरामी एकै ठाउँमा उपचार हुँदा समस्या आएको बताउनुहुन्छ । दुबै थरि बिरामी एकै ठाउँमा उपचार कठिन हुने उहाँको भनाई छ । यससंगै दिर्घरोगीको मृत्यु हुन थालेको उहाँले बताउनु भयो ।
चितवन मेडिकल कलेजमा एक जना चिकित्सक सहित १२ जना बिरामी संक्रमित भैसकेका छन् । सबै बिरामी एकै ठाउँमा आउँदा कोरोना भएको एकिन नहुने र उपचार गर्नेले कम तयारीमानै उपचार गर्दा पनि रोग फैलन गएको उहाँ बताउनु हुन्छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवाी समुदायबाट अस्पतालमा आयो वा अस्पतालमा संक्रमण फैलिएको एकिन भन्न नसकीने बताउनुहुन्छ । अस्पतालहरुमा कोरोना भएका र नभएका दुबैको उपचार भैरहेको छ ।
तिवारीले कहि एउटै अस्पतालमा दुबै थरी बिरामी उपचार गरेको र कही नगरेको उदाहरण दिनुभयो । इटलीमा फरक फरक अस्पतालमा उपचार गरेको भए पनि असफल भएको तर जर्मनमा एउटै अस्पतालमा दुबै थरि बिरामी उपचार गरेकोमा सफल भएको उदाहरण दिनुभयो ।
पहिले कोरोनाका सबै बिरामी भरतपुर अस्पताल पठाइन्थ्यो । अहिले सरकारले जुन अस्पतालमा संक्रमण देखियो त्यही उपचार निरन्तरता दिने जनाए संगै जिल्लाका सरकारी र निजी अस्पताल एबं मेडिकल कलेजमा बिरामी उपचार रत रहेका छन् । जिल्लामा अहिले भरतपुर अस्पतालको भरतपुर कोभिड १९ प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा नमुना परिक्षण भैरहेका छन् । संक्रमण फैलिएपछि अन्य रोगका बिरामी सकेसम्म अस्पताल जान छाडेका छन् । जानै पर्ने जटिल बिरामी मात्र अस्पताल जान थालेका छन ।