चितवनःबिहान ८ वजे तिर भरतपुर महानगरपालिका वडा नम्बर ११ को जागृती चोकमा वडा अध्यक्ष बाबुराम अधिकारी निषेधाज्ञा पालना गर्न आग्रह गर्दै सवारी साधन रोक्दै हुनुहुन्थ्यो । संगै रहेका प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै जरिवाना रसिद काटि रहेका थिए ।
आँफैले भोट दिएर जिताएका वडा अध्यक्षले जरिवाना गर्न लगाएकोमा केहीको चित्त दुखाई रहेको थियो । वरपर वसेर हेर्नेहरुले भने वडा अध्यक्षको तारिफ गरिरहेका थिए । महानगर क्षेत्रमा आज नवौं दिन निषेधाज्ञा जारी छ । अधिकारी भन्नुहुन्छ “म बिहानै देखि राती अबेर सम्म वडा सदस्य, प्रहरी, स्वास्थ्यकर्मी र वडा सचिब सहित निषेधाज्ञा पालनका लागि लागि रहेको छु ।” यो भरतपुर महानगरको सबै भन्दा ठूलो वडा हो ।
जहाँ ३५ हजार जनसंख्या रहेको अधिकारी वताउनुहुन्छ । भरतपुरको मुख्य शहरी क्षेत्र संगै रहेकाले यहाँ न्यून वर्गिय सुकुम्वासी देखि सम्पन्न सम्म वसोवास गर्दछन् । वडा सदस्यहरु सहित वडाको भोजाडमा रहेको प्रहरी चौकीमा रहेका प्रहरी सहायक निरिक्षक वसन्त पौडेल, जलदेबि स्वास्थ्य चौकीका प्रमुख चिरञ्जीवि कंडेल, वडा सचिब ओम प्रकाश न्यौपानेले अधिकारीले साथ दिई रहनु भएको छ । वडामा हाल सम्म १६ जनालाई कोरोना संक्रमण भई सकेको कंडेलले बताउनुभयो ।
जस मध्ये एक जनाको मृत्यु भएको छ भने ९ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाका ७ स्थानीय तहमा ९८ वडा छन् । ती अधिकांश जसोको वडा अध्यक्ष यसरीनै रोग नियन्त्रणका लागि जुटीरहेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डीत घरमा बस्दा दिनभर फोनमानै काम गरीरहनु पर्ने र निषेधाज्ञा लागु गराउन सडकमा जानुपर्दा छुचो हुनु परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “निषेधाज्ञा सरकारका लागि नभएर हाम्रा लागि हो । हामी सबै सचेत हुनु पर्दछ ।”
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङ जनप्रतिनिधिहरुले निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरीलाई साथ दिएको बताउनु हुन्छ । बिहान सवेरै देखि राती अबेर सम्म कार्यक्षेत्रमा खटि रहनुभएका गुरुङले रोगको जोखिमको बारेमा आम जनताले बुझिरहेको बताउनु भयो । उहाँले भन्नुभयो “सबै एकजुट भयौं भने रोगसंग लड्न सक्छौ ।”
जिल्लामा दैनिक संक्रमित वढ्दै गएको छ । आज सम्म संक्रमितको संख्या ३ सय ३३ नाघिसकेको छ भने जिल्लाका तीन जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । दैनिक संक्रमित वढ्दै गए पछि जिल्लाभर निषेधाज्ञा जारी छ ।बिहान र बेलुका अत्याबस्यक पसलहरु खुलेका भए पनि अन्यलाई रोक लगाईएको छ । जनप्रतिनिधिहरु यसरी जुटि रहँदा समेत अबज्ञा गर्नेहरु पनि ठाउँठाउँमा भेटिएका छन् । निषेधाज्ञाको अबज्ञा गर्नेहरुलाई कारवाही तिब्र पारिएको गुरुङले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले वडा तहका जनप्रतिनिधिहरुको भूमिका प्रसंशनिय रहेको भन्दै वडा र टोलले निषेत्राज्ञा कार्यान्वयनमा भूमिका खेलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “समन्वयमा उहाँहरुको भूमीका राम्रो छ । अझै उहाँहरु लाग्नु पर्दछ ।” सबै एक जुट भएर कोरोना रोकथाम र नियन्त्रणमा लाग्नु पर्ने उहाँले बताउनुभयो ।