चितवन: पुरानो मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ निवासी ६५ वर्षिया महिला रहेकी छन् ।

उनको शनिबार राती ७ः३० वजे मृत्यु भएको हो । मृत्यु भएको केही वेर पछि कोरोना परिक्षणको नतिजा आउँदा संक्रमण देखिएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पोडेलका अनुसार आन्द्राको उपचार गर्न आएकी उनको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनी साउन ३२ गते उपचारका लागि सो मेडिकल कलेजमा भर्ना भएकी थिईन । सोही मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौडाका एक वृद्धको पनि शनिबार आएको नतिजामा कोरोना संक्रमण देखिएको पौडेलले जानकारी दिनुभयो ।

मेडिकल कलेजमा मृत्यु भएका अर्का एक जनाको भने नतिजा आउन बाँकी रहेको पौड्ेलले बताउनुभयो । अस्पतालका चिकित्सक, स्वास्थ्य कर्मी र त्यहाँ उपचार रत बिरामीमा दैनिक संक्रमण देखिदै आएको छ । सो केडिकल कलेजमा भारत र नेपालका सिमा क्षेत्रबाट धेरै बिरामी उपचारका लागि आएका छन् । अस्पतालको आन्तरिक व्यवस्थापन कम्जोर हुँदा संक्रमण फैलिएको आशंका गरिएको छ । भारतीय द्धारा संञ्चालन गरिएकाले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्य कर्मी र कर्मचारी भारतकै वढि भएको र भाषा सहज हुदा भारतीय सिमा क्षेत्र र तराईका बिरामी धेरै आउने गर्दछन् ।

यस्तै चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा मेडिकल कलेजमा गरिएको नमुना परिक्षण्का क्रममा उनीहरुको संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका १० जना छन् भने मकवानपुर को एक जना पुरुष र नवलपुरको महिला रहेको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले जनाएको छ ।

प्रयोगशाला प्रमुख नितु अधिकारी ५ जना पुरुष र अन्य महिला रहेका छन् । संक्रमणका कारण मृत्यु भएकी महिला सहित १३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस !