चितवनः चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदी छेउको घोलमा गडेर एउटा गैंडा मरेको छ । राप्तीको जोतुवा घाट नजिकै राप्तीदुन सामुदायीक वनको घोलमा आज गैंडा मृत अबस्थामा फेला परेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालका अनुसार अन्दाजी ७ वर्षको पोथी गैंडा मृत अबस्थामा फेला परेको हो । चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेको यो दोस्रो गैंडा हो । यस अघि राप्ती नदीमानै एउटा गैंडा मृत अबस्थामा फेला परेको थियो । गत आर्थिक वर्ष निकुञ्ज क्षेत्रमा २६ गैंडा प्राकृतिक कारणले मरेका थिए ।