चितवनः पश्चिम चितवनमा ईनारमा डुवेर आज एक वृद्धको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २७ का ८७ वर्षिय वृद्ध डिल्लीराम आचार्य रहेका छन् ।
आचार्य घर छेउमा रहेको ईनारमा डुवेर मृत अबस्थामा भेटिएको कार्यालयले जनाएको छ । आज दिउँसो २ः३० वजे आचार्य ईनारमा डुवेको अबस्थामा भेटिएको प्रहरीले जनाकारी दिएको छ ।







