
धरानःधरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना भाइरस संक्रमितको शनिबार मृत्यु भएको छ । धरान १५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा शनिबार दिउँसो निधन भएको हो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई शुक्रबार राति प्लाज्मा थेपारी गरिएको थियो । थेरापीपछि स्वास्थ्यमा सुधार देखिएको भए पनि शनिबार उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
वृद्धको स्वास्थ्य गम्भीर भएपछि कोभिड–१९ अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । कोभिड–१९ निको भइसकेका एक प्रहरी हवल्दारले रक्तदान गरेपछि उनलाई प्लाज्मा थेपारी विधिबाट उपचार गरिएको हो ।