
चितवनः भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको संयोजकत्वमा ११ सदस्यिस कोरोना व्यवस्थापन प्राबिधिक समिति गठन गरिएको छ । जसको सदस्य सचिबमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी रहनु भएको छ ।
दैनिक रुपमा कोरोना संक्रमित थपिदै गए पछि जिल्ला स्तरीय कोभिड १९ प्राबिधिक समिति गठन गरिएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले प्राबिधिक समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा चिकित्सक संघ चितवनका अध्यक्ष डा. लोक वहादुर सेढाई, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम, निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुवर, नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका मन्त्री हरि पौडेल रहनु भएको छ ।
त्यसै गरि भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिपक सुवेदी, नर्सिङ संघ चितवनका अध्यक्ष मायाँ पाण्डे, चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्साल र पुरानो मेडिकल कलेजका डा. प्रिया पाठक सदस्य रहनु भएको छ । सदस्य सचिब तिवारीका अनुसार समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार कोरोनाका बिरामीको उपचारमा आबश्यक प्राबिधिक सहयोग गर्ने छ ।
लक्ष्यण देखिएका बिरामीलाई अस्पतालमा र अन्यलाई स्थानीय तहको आईसोलेसनमा राख्न आबश्यक प्राबिधक सहयोग समितिले गर्ने छ । मन्त्रालयको निर्देशन अनुसार निजी अस्पतालहरुमा क्षमताको २० प्रतिशत कोभिडका बिरामीहरुको उपचारका लागि आबश्यक समन्वय समितिले गर्ने तिवारीले जानकारी दिनुभयो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गरेको निर्देशन अनुसार आबश्यक प्राबिधिक कामहरु समितिले गर्ने जनाईएको छ ।