चितवनः यहाँ रहेको पुरानो मेडिकल कलेजले बिरामीको मृत्यु पछि कोरोना परिक्षणका लागि पठाउन थाले पछि बिरामी र बिरामीका आफ्नत शसंकित वन्न थालेका छ । पछिल्ला दिनहरुमा दिनहु जसो बिरामीको मृत्यु हुँदा पनि मृत्यु पछि मात्र नमुना संकलन गर्न थालिए पछि पुरानो मेडिकज कलेजमा उपचार गराउन आउने बिरामी र बिरामीका आफन्त शसंकित भएका हुन ।
मकवानपुरबाट बिरामी लिएर आउनु भएका एक बिरामीका आफन्तले भन्नुभयो नेपाल र भारतका बिभिन्न स्थानबाट आएका बिरामीहरुको उपचार प्रकृया संगै स्वाब परिक्षण गनुपर्नेमा मृत्यु भए पछि नमुना लिने गर्दा खतरा वढेर गयो । यहि भदौ ६ गते देखि आज सम्म मात्र यस अस्पतालमा उपचारका लागि आएका तीन जनाको मृत्यु भई सकेको छ भने एक जनाको कोरोना संक्रमण पुष्टि समेत भईसकेको छ । । जसका कारण बिरामी र आफन्तहरु त्रसित भएका हुन् ।
भारतीय नागरिक द्धारा संञ्चालित यस अस्पतालमा उपचारका क्रममा आएका मकवानपुरका एक जना, नवलपरासीका एक जना र अर्घाखाँचीका एक जनाको मृत्यु भई सकेको छ । जसले गर्दा बिरामी त्रसित भएका गैंडाकोटबाट विरामी लिएर आउनु भएका एक कुरुवाले वताउनुभयो ।
मृत्यु भएकाको पिसिआर नतिजा चाँडो आउनु पर्नेमा अझै नतिजा आउन तीनदिन सम्म पनि नआउँदा डर लाग्न थालेको छ उहाँले भन्नुभयो । जिल्लामा कोरोना संक्रमण वढ्दै गएपछि एक हप्ता अघि देखि निषेधाज्ञा जारी गरिएको छ । तर पनि बिभिन्न जिल्ला र छिमेकी देशबाट उपचार गर्न आउने र कामको शिलशिलामा जिल्ला भित्रनेका कारण कोरोना संक्रमण वढ्दै गएको छ ।