चितवनः जिल्लाका स्थानीयतहले कोरोना संक्रमीत भै लक्ष्यण नदेखिएका बिरामी राख्न धमाधम आइसोलेसन वनाउन थालेका छन् । भरतपुर महानगरपालिकाको वागेश्वरीमा, पूर्बी चितवनका चार नगरपालिकाले रत्ननगर र माडी नगरपालिकाले छरछरेमा आईसोलेसन वनाउदैं छन् ।
भरतपुर महानगरपालिकाले योगी नरहरीनाथ आश्रम परिसरमा रहेको प्राकृतिक चिकित्सालयमा आईतबारबाट संञ्चालन गर्ने गरि आईसोलेसन वनाउँदै छ । पूर्बी चितवनको रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले संयुक्त व्यवस्थापन गर्ने गरी रत्ननगर नम्बर ५ झुवानीमा आजबाट आइइसोलेसन सञ्चालन गर्न लागेका छन् । माडी नगरपालिकाले वडा नम्बर ५ छरछरेमा यसअघिनै आईसोलेसन तयार गरेको थियो । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा एक जना मात्र संक्रमित भरतपुरमा अस्पताल रहँदा संक्रमित देखिएकाले आईसोलेसन वनाइसकेको छैन ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले वागेश्वरीको योगी नरहरीनाथ आश्रम भित्रको प्राकृतिक चिकित्सालयमा आईसोलेसन तयार गर्न लागेको बताउनुभयो । यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अन्तिम छलफलमा रहेको दाहालको भनाई छ । महानगरभित्र ५० वटा क्वारेन्टिन संञ्चालन गरेको भरतपुर महानगरले नेपालमा पहिलो पटक कोरोना अस्थाई अस्पताल स्थापना गरेको थियो । त्यसपछि देशका अन्य ठाउँमा अस्पताल सुरु भएका हुन ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले वागेश्वरीमा तत्काल ९० जना र पछि २ सय जना सम्म राख्न सकिने बताउनुभयो । त्यहीको प्राकृतिक चिकित्सालयलाई व्यवस्थापकिय जिम्मेवारी दिदा लागिएको उहाँको भनाईछ । जोशीले भन्नुभयो “सबै टुङ्गाएर भोलिबाट सुरु गछौं ।”
पूर्बी चिवनका चार नगरपालिकाले कोरोना संग संयुक्त रुपमा जुध्ने प्रण गरेका छन् । रत्ननगर नगरपालिका प्रमुख नारायण वनका अनुसार रात्ननगर नगरपालिका वडा नम्बर ५ झुवानी स्थित कृषि सहकारीको तालिम केन्द्रमा ६२ शैयाको आइसोलेसन आजबाट सुरु गरिदैं छ । आबश्यक भएमा सोही ठाउँमा एक सय जना राख्न सकीने उहाँले बताउनुभयो । राप्ती नगरपालिका प्रमुख प्रभा वरालले बिरामी थपिदैं गएमा आईसोलेसन विस्तार गरिदैं लगिने बताउनुभयो ।
नेपाली सेनाको सौनिक आबासिय माबि, गुञ्जमान अस्पताल, राधास्वामी संस्था लगाएतका स्थानहरुमा पनि सम्भाबित आईसोलेसन राख्ने तयारी ती नगरपालिकाले गरेका छन् । पूर्बी चितवनको रत्ननगर वकुलहर अस्पतालमा भेन्टीटेटर सहीतको सघन उपचार कक्ष र पिसिआर परिक्षण प्रयोगशाला स्थानपनाका लागि बागमति प्रदेशसंग पनि उनीहरुले माग गरेको जनाएका छन् ।
माडी नगरपालिका प्रमूख ठाकुर ढकालका अनुसार छरछरेमा २० जना क्षमताको सामुदायिक भवनलाई आईसोलेसन बनाईएको हो । त्यहाँ कोठामै शौचालय रहेका १० वटा कोठा छन् । बिरामी वढेमा थप ठाउँ व्यवस्थापन गरिने उहाँले बताउनुभयो । यस्तै पूर्बी चितवनको राप्तीमा रहेको शशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गढीमाई वाहिनिको भित्र आइसोलेसन वनाईएको छ । वाहीनीमा हाल ४९ जना सशस्त्रका संक्रमित रहेको र उनीहरुलाई बिश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार राखिएको वाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक मन्दीप श्रेष्ठले वताउनुभयो । उहाँका अनुसार संक्रमित, आशंका गरि स्वाब संकलन गरि नतिजा पर्खिएका र अन्यलाई फरक फरक स्थानमा राखिएको छ ।
स्थानीय तहहरुले संञ्चालन गरेको आईसोलेसनमा स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स तयारी अबस्थामा राखिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म जिल्लामा १ सय १३ संक्रमित निको भएको, १ सय ८६ सकृय संक्रमित रहेको र तीन जनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या ३ सय २३ पुगेको छ । भरतपुर अस्पताल मेडिकल कलेज र निजी अस्पतालमा पनि हाल संक्रमित रहेका छन् । लक्ष्यण नदेखिएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरी स्थानीय तहका आईसोलेसनमा राखिने भएको छ । सरकारले लक्ष्यण नदेखिएका बिरामीलाई अस्पतालमा नराख्ने निर्ण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले सबैलाई निषेधाज्ञाको पालना गर्न समेत अनुरोध गनुभएको छ । जिल्लामा पहिलो हप्ता सकीए पछि दोस्रो हप्ताको निषेधाज्ञा आजबाट सुरु भएको छ । यहाँ देशका बिभिन्न क्षेत्रबाट बिरामीहरु उपचारका लागि र कामदारहरु काम गर्नका लागि आउने भएकाले संक्रमण दिनहु वढ्दै गएको छ ।