चितवनः राप्ती नगरपालिका वडा नम्बर १३ कान्दामा खोलाले वगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी १२ वर्षिया सम्झना चेपाङ्ग रहेकी छन् ।
राप्ती नगरपालिका प्रमुख प्रभा वरालका अनुसार आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले वगाएको हो । खोलाले चेपाङ्गलाई शुक्रबार दिउँसो बगाएको मा राती अवेर उनको शब भेटिएको वरालले जानकारी दिनुभयो । घटना स्थलमा आज प्रहरी जाँदै गरेको उहाँले बताउनुभयो ।
चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ । उक्त स्थामान पुग्नका लागि सडक अफ्ठ्यारो रहेको छ । बाटो बिग्रेका कारण गाडी नचल्दा पैदलै जानुपर्ने भएकाले समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !