चितवनः ईलाका प्रहरी कार्यालय चनौलीले ४५ किलो गाँजा सहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धाक्रे गाउँपालिका वडा नम्बर ३ का २४ वर्षिय ईन्द्र वहादुर तामाङ र २१ वर्षिय दोर्जे तामाङ रहेका छन् ।
उनीहरुलाई आज विहान भरतपुर महानगरपालिका वडा नम्बर १८चनौलि वजारमा चेकजाँचका क्रममा वा ३ ख ७९५८ नम्बरको मिनि ट्रकमा लुकाई ल्याएको गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चनौलीलले जनाएको छ । कार्यालयका अनुसार पक्राउ परेकाहरुलाई आबश्यक अनुसनधाानको काम भईरहेको छ । ईन्द्र ट्रकका चालक हुन भने दोर्जे सहचालक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !