
चितवनः पुरानो मेडिकल कलेजमा उपचरका क्रममा मृत्यु भएका हेटौडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ५६ वर्षिय पुरुषको बिहीबार राती मृत्यु भएको थियो ।
उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ ।
तर, चितवन मेडिकल कलेजको प्रयोगशाला हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकोले नितिजा सार्वजनिक गरिएको थिएन । भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको पुनः परीक्षणमासमेत उनको पोजेटिभ आएको भरतपुर अस्पतालका सुचना अधिकारी लिालाधर पौडेलले जानकारी दिनुभयो । सोही मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको नतिजा आउनु वाँकी रहेको उहाँले जानकारी दिनुभयो । तीन वटै शब भरतपुर अस्पतालको शवगृहमा रराखिएको छ ।
भारतीय द्धारा संञ्चालन गरिएको सो मेडिकल कलेजमा नेपाल र भारतका सिमा क्षेत्रबाट धेरै बिरामी उपचारका लागि आएकाले कोरोना संक्रमण देखिने क्रम वढेको छ । मृत्यु भए पछि कोरोना देखिन थाले संगै त्यहाँ उपचार गराउन आउन छाडेका छन् ।