पर्साः वीरगन्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै पर्सा जिल्लाकै हुन् । जिल्लाको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।
गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको उपचारमा संलग्‍न चिकित्सकले जानकारी दिए ।
मुटु , दम र उच्च रक्तचापका बिरामी रहेका उनमा निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगन्जको अलि अर्थो ट्रमा सेन्टरमा लगेर भर्ना गरिएको थियो।
त्यस्तै, गएराति वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै अर्का १ संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !