चितवनः कारागार कार्यालय चितवनमा कैदी जीवन विताई रहेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामका ६९ वर्षिय दिलमान प्रधान रहेका छन् ।
कारागार कार्यालयका अनुसार २०६६ साल कार्तिक ६ गते पक्राउ परेका प्रधानको आज विहान ९ः२५ मा मृत्यु भएको हो । क्यान्सर रोगको संक्रमणका कारण अबस्था गम्भिर भए पछि यही असार २८ गते सुनसरीबाट चितवन पठाईएको हो । जिउ मास्ने बेच्ने मुद्धामा उनलाई २१ वर्ष ३ महिना २९ दिन कैद सजाय भएको थियो ।