![](https://www.clickkhabar.com/wp-content/uploads/2019/11/rajaswa-karyalaya.jpg)
चितवनः आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको सुरुवाती समयमा लक्ष्य भन्दा वढि राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार साउन महिनामा बिभागले तोके भन्दा वढि राजस्व संकलन भएको हो ।
कोरोना भाईरसको कहरको समयमा समेत कार्यालयलाई लक्ष्य रु १ अर्ब ४६ करोड २२ लाख ३ हजार तोकीएको थियो । कार्यालयले लक्ष्यको तुलनामा ० दशमलब ९२ प्रतिशत वढि राजस्व संकलन गरेको हो । कार्यालयका प्रमुख शुब प्रसाद रिजालका अनुसार साउन महिनामा रु १ अर्ब ४७ करोड ५६ लाख ७५ हजार राजश्व संकलन भएको छ ।
कार्यालयले साउन महिनामा सबैभन्दा बढी अन्तशुल्क शिर्षकबाट राजश्व असुली गरेको छ । सबै भन्दा कम स्वास्थ्य सेवा करबाट राजश्व संकलन भएको छ । जसअनुसार अन्तशुल्कबाट रु ९८ करोड २४ लाख ५० हजार असुली गरेको छ । स्वास्थ्य सेवाकरबाट उक्त महिना रु ११ लाख २५ हजार राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयले लक्ष्यभन्दा बढी आयकर र व्याजकर शिर्षकमा राजश्व असुल गर्न सफल भएको छ । जसअनुसार व्याजकर शिर्षकमा रु २० करोड १७ लाख ९४ हजार राजश्व संकलन गरेको छ । यो महिनामा रु १३ करोड ३७ लाख ७३ हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो । आयकर शिर्षकमा कार्यालयले रु २ करोड ८० लाख २४ हजार राजश्व असुली गरेको छ । सो महिनामा यस शिर्षकमा रु ७६ लाख ५२ हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो ।
यस्तै मुल्य अभिवृद्धि कर अन्तर्गत रु २५ करोड ८३ लाख ९५ हजार र बहाल कर रु ३८ लाख ८७ हजार असुली गरेको छ । बिभागले कार्यालयलाई यस वर्षको रु १८ अर्ब ९० करोड लक्ष्य तोकेको छ । । कार्यालयमा अहिले ५० हजार करदाता रहेको कार्यालयले जनाएको छ ।
यस कार्यालयले यहि साउन महिना देखि चितवन मात्रै हेर्दै आएको छ । चालु आर्थिक वर्षबाट सुस्ता पूर्ब नवलपरासी कार्यालय स्थापना भए पछि जिल्ला मात्रै हेर्न थालेको हो ।