चितवनः भरतपुर महानगरपालिकाका१६ जना सहित जिल्लाका २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले दिएको जानकारी अनुसार शुक्रबार राती १२ वजे सम्म २ सय ७० जनाको परिक्षण गरिएकोमा चितवनका २० सहित ३३ जनामा कोरोना संक्रमण भेटिएको हो ।
महानागरपालिकाको वडा नम्बर २, ७, १० र ११ का ७ जना पुरुष र ९ जना महिलामा कोरोना संक्रमण देखिएको हो । यस्तै रत्ननगर नगरपालिकाका एक जना पुरुष, राप्तीका २ जना पुरुष र १ जना महिला रहेका छन् । उनीहरु चितवन मेडिकल कलेजको क्वारेन्टिनमा छन् ।

अन्य संक्रमितमा पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो।

यसैगरी पूर्वी नवलपरासी, मकवानपुर, बारा, पर्सा र रौतहटका गरी ६ पुरुष र २ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजबाट स्वाब लिईएको हो । यस्तै बाँकेको नेपालगञ्जका ५ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । ३५ देखि ४० वर्षीय संक्रमित पुरुषहरुको बागेश्वरी ल्याबाट स्वाब लिइएको हो ।

प्रतिक्रिया दिनुहोस !