सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिव १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।
पहिरो खसे संगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । केही वेरमा पहिरो पन्छाउने कार्य सुरु हुने जनाईएको छ । पहिरो खसे संगै अत्याबश्यक मात्र गुढेका सवारी साधन रोकीएका छन् ।

प्रतिक्रिया दिनुहोस !