बदियाः बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अभिभावकको उजुरीका आधारमा बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकलाई प्रहरीले पक्राउ गरेको हो ।

हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको बालिकाका अभिभावकले आरोप लगाएका छन् ।
विकले आफ्नी छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप लगाउँदै पीडितले जाहेरी दिएको इलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डरीले बताउनुभयो ।

पीडित बालिकालाई स्वास्थ्योपचारका लागि अस्पताल लगिएको र विकलाई इलाका प्रहरी कार्यालय बानियाभार राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !