पर्साः विरगञ्जमा कोरोना संक्रमणका मृत्यु हुनेको संख्या ३३ पुगेको छ । आज थप एक जनाको मृत्यु भए संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको हो । यीमध्ये पर्साका २५, बाराका ५ र रौतहटका २ छन् ।

आज वीरगन्ज महानगरपालिका– १० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो ।
मुटु रोगबाट ग्रसित उनी ३१ साउनमा नारायणी अस्पतालको आइसीयूमा भर्ना भएलगत्तै कोरोना परीक्षण गरिएको थियो । भोलिपल्ट अर्थात् ३२ साउनमा रिपोर्ट पोजिटिभ आएपछि उनलाई नारायणी अस्पतालबाट वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस !