चितवनः पुरानो मेडिकल कलेजमा उपचाररत दुई जनाका मृत्यु भएको छ । मृत्यु हनेमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ का ७७ वर्षिय विष्ण्ुप्रसाद श्रेष्ठ र नवलपरासी कावासोती नगरपालिका वडा नम्बर ३ का ५६ वर्षिय राम बहादुर तामाङ रहेका छन् । तामाङ ज्वरो र जण्डिस सम्बन्धि उपचारका लागि यहि भदौ ३ गते अस्पतालमा भर्ना भएका थिए । उनको विहिबार साँझ ५ वजे मृत्यु भएको थियो ।
श्रेष्ठ निमोनिया, दम र खोकीको उपचारका लागि भदौ ३ गते नै अस्पतालमा भर्ना भएका थिए । उनको विहिबार राती ११ वजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठको नमुना परिक्षणका लागि स्वाब संकलन गरि चितवन मेडिकल कलेज र तामाङको भरतपुर अस्पताल कोभिड प्रयोगशाला पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस !