चितवनः भरतपुर महानगरपालिकाका १९ जना सहित थप २६ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा चितवनका २२ जना रहेका छन् भने अरु नवलपुर, पर्वत, पर्सा र मकवानपुरका १–१ जना रहेका छन् ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो । यस्तै राप्ती नगरपालिकाको वडा नं.२ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए ।

नवलपुरका ४० वर्षीय पुरुषको मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी तीन जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको थियो । चितवनमा आज २२ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ३०३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !