चितवनः नेपाल बिद्यार्थी संघ चितवनले महानगर भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता दिन माग गरेको छ । नेबिसंघ चितवनका उपाध्यक्ष राजन दाहालले आफ्नो फेस्बुक वालमा स्टाटस पोष्ट गर्दै स्वास्थ्य कर्मीहरुलाई तत्काल प्रोत्साहन भत्ता उपलव्ध गराउन महानगर संग माग गर्नु भएको हो ।
उहाँले लेख्नुभएको छ “कोरोना संक्रमणको समयमा अग्र मोर्चामा रहेर काम गर्ने स्वास्थ्य कर्मीहरुलाई दिनु पर्ने प्रोत्साहन भत्ता महानगरका कर्मचारीहरुले लिएको कुरा सुन्दा दुःख लागेको छ । यो हर्कत वन्द गर्दै तत्काल रोकी स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता दिन आग्रह गर्दछौ ।”
महानगरपालिकाका कर्मचारीहरुले भत्ता लिएर स्वास्थ्य कर्मीहरुले नपाएको भन्ने समाचार आई सके पछि नेबिसंघले स्वास्थ्य कर्मीहरुलाई तत्काल प्रत्साहन भत्ता दिन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस !