
चितवनः कोरोना संक्रमणका कारण जिल्लामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १३ का ६५ वर्षिय पुरुष रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन ३१ ग्ते कोरोना संक्रमण पुष्टि भएका उनको आज दिउँसो २ः५७ वजे मृत्यु भएको हो । उनलाई ओछ्याने घाउ, फोक्सोमा क्षयरोग, रगतमा संक्रमण लगाएतका दिर्घ रोगी रहेको अस्पतालले जनाएको छ ।
यस अघि यही सोमबार खैरहनी नगरपालिका वडा नम्बर ३ की १ सय ८ वर्षिय वृद्धाको कोरोनाकै कारण मृत्यु भएको थियो । जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।