चितवन: अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, स्त्री तथा प्रसुती बिभागका बिभागिय प्रमुखलाई कोरोना भाईरसको संक्रमण देखिए संगै वन्द गरिएका सबै सेवा मध्ये दुई वटा सेवा सुचारु गरिएको छ । भरतपुर अस्पतलका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले एक सूचना जारी गर्दै अस्पतालको अर्थोपेडिक्स र मातृशिशु सेवा संञ्चालनमा ल्याईएको जानकारी दिनुभएको हो ।
विगत चार दिन देखि वन्द भएको ती सेवा आजबाट नियमित संञ्चालनमा ल्याईएको सुचनामा जनाईएको छ । तिवारीका अनुसार अर्थाेपेडिक्स र मातृशिशु बिभागका अन्तरङ्ग सेवा सुरु गरिएको हो ।
भरतपुर अस्पताल प्रसुति सेवाका लागि मध्य क्षेत्रको महत्त्वपूर्ण अस्पतालमा चिनिएको छ । प्रसुति सेवा बन्द हुदा दैनिक दर्जनौ प्रसुति सेवाका महिला निजि अस्पतालमा जान बाध्य भएका थिए । यस अस्पतालमा चितवन सहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालका चिकित्सक र स्वास्थ्य कर्मीमा कोरोना देखिए पछि आकस्मिक सेवा वाहेक अन्य सेवा बन्द गरिएको थियो ।