काठमाडौंः कोरोना संक्रमणको त्रास संगै सुरक्षामा खटिएका सुरक्षा कर्मीहरुमा कोरोना पुष्टि हुने क्रम जारी छ । महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनीहरु घरबिदामा रहेको र घरबाट आएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको महाशाखाले जनाएको छ ।

घर बिदाबाट फर्किएका उनीहरु महाशाखाकै क्वारेन्टाइनमा रहेका थिए । दुई दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस !