चितवनः जिल्लामा ४२ जना होम आईसोलेसनमा रहेका छन् । अहिले रहेका संक्रमित १ सय ६५ जना मध्ये उनीहरु होम आईसोलेसनमा रहेका छन् । अन्य निको भएर घर फर्कि सकेका छन् ।
चितवनमा कोरोना भाइरस संक्रमितको संख्या २८० पुगेको छ । आज बिहान थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८० पुगेको हो । पछिल्लो केही दिनयता चितवनमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको छ ।
संक्रमित २८० जना मध्य ११३ जना निको भएर घर फर्किसकेका छन् । यस्तै कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । जेष्ठ २७ गते चितवनमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक भरतपुर ११ का ६८ बर्षीय पुरुषको मृत्यु भएको थियो । यस्तै आज बिहान पुर्वी चितवनको खैरहनी नगरपालिकाकी १०८ वर्षीया वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
कहाँ कती संक्रमित ?
चितवनमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्य सबै भन्दा धेरै भरतपुर महानगरपालिका भित्रका रहेका छन् । भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार महानगरभित्र मात्रै कोरोना संक्रमित हुनेको संख्या १४८ पुगिसकेको छ ।
भरतपुरपछि राप्ती नगरपालिकामा सबै भन्दा धेरै कोरोना संक्रमित रहेका छन् । राप्तीमा अहिलेसम्म ६२ जनामा कोरोना देखिएको छ । उता माडी नगरपालिकामा अहिलेसम्म ४१ जनामा कोरोना देखिएको छ । बिगत केही दिनयता माडीमा नयाँ संक्रमित भेटिएका छैनन् ।
खैरहनी नगरपालिकामा १२, रत्ननगर नगरपालिकामा ११, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाउँपालिकामा एक जनामा कोरोना देखिएको पौडेलले बताए । यस्तै जिल्लाभर अहिलेसम्म ३० जना स्वास्थ्यकर्मीहरुमा कोरोना देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
१६५ सक्रिय
जिल्लामा कोरोना पुष्टि भएका २८० जना मध्य ११३ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । अहिले जिल्लाभर १६५ जनामा कोरोना सक्रिय रहेको छ ।
सक्रिय १६५ जना मध्य ४२ जना होम आसोलेसनमा रहेका छन् । ५४ जनाको भने भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यस्तै पुरानो मेडिकल कलेजमा एक, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ५, नारायणी सामुदायिक अस्पतालमा ५, सेन्ट्रल अस्पतालमा ५, श्री पुष्पाञ्जली अस्पतालमा एक, चितवन मेडिकल कलेजमा ४ र संस्थागत आइसोलेसनमा ४८ जना रहेका छन् ।